जोडिनुहोस
  • होमपेज
  • उद्योग वाणिज्य महासंघको नेतृत्व छान्न मतदान सुरु

उद्योग वाणिज्य महासंघको नेतृत्व छान्न मतदान सुरु

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान सुरु भएको छ ।

एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको हो ।

वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने व्यवस्थाका कारण महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्ष केन्द्रित हुने गरेको छ । अहिले वरिष्ठ उपाध्यक्षको दौडमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत नपाएमा पुन चुनाव हुनेछ । वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन्। यी तीनै जना उम्मेद्वारले ५० प्रतिशत मत पाउने सम्भावना कम देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका