जोडिनुहोस
  • होमपेज
  • पार्टीले सहयोग नगरे ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद श्रेष्ठको चेतावनी

पार्टीले सहयोग नगरे ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद श्रेष्ठको चेतावनी

काठमाडौं । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले अप्ठेरो परेका बेला आफूलाई पार्टीले सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।

ब्नबलष् न्चयगउ
सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग उनले घुस मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले छानबिन समिति बनाएर ७२ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो ।

छानबिन समितिले श्रेष्ठसँग मंगलबार एकघण्टा बढी बयान लिएको थियो ।

बयानका क्रममा पहिले श्रेष्ठले आफ्नो भनाई नरहेको बताएका थिए ।

“कसैले क्यारिकेचर गरेर बनाएको भन्ने बयान थियो,” एक सदस्यले भने, “तर समितिमा पछि उहाँले गल्ती महसुस गर्दै आफूलाई फसाउन खोजिएको र यस्तो अप्ठेरो अवस्थामा पनि पार्टीले नजोगाए कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभयो ।”

यसैबीच रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको उनको भनाई थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका