जोडिनुहोस
  • होमपेज
  • अब भाषामात्रै पढ्नका लागि विदेश जान नपाइने

अब भाषामात्रै पढ्नका लागि विदेश जान नपाइने

काठमाडौं– अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् ।

यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थीहरु विभिन्न देश जाने गर्दथे । तर, अब भने सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी_ मा कडाइ गरेको हो ।

पहिलो पटक एनओसीमा कडाइ गर्न ल्याइएको निर्देशिका गत चैत १९ गतेदेखि लागू भइसकेको छ । निर्देशिकाअनुसार अबदेखि विदेशमा डिप्लोमा वा कुनै भाषा कोर्स गर्नका लागि मात्रै विद्यार्थी जान पाउँदैनन् । तर उच्च शिक्षा (स्नातक र त्यसमाथि_ पढ्न जाने हो भने भाषा पढ्नका लागि पनि विद्यार्थी विदेश जान पाउँछन् ।

गत वर्ष करिब एक लाख विद्यार्थीले विदेशमा पढ्न जान भन्दै एनओसी लेटर लिएका थिए । १०६ मुलुकका १० हजार ६ सय क्याम्पसमा नेपाली विद्यार्थी पढ्न जाने गरेको तथ्यांक छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका