जोडिनुहोस
  • होमपेज
  • बायर्नमाथि सिटीको सहज जित

खेलकुद

बायर्नमाथि सिटीको सहज जित

  • Sagarmatha TV
  • बुधबार, चैत्र २९, २०७९
बायर्नमाथि सिटीको सहज जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा सहज जित निकालेको छ ।सिटीले मंगलबार राति भएको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई ३-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले एक एक गोल गरे । खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६ औं मिनेटमा हालाण्डले गोल गर्दा सिटी ३-० ले विजयी भयो ।

बायर्नविरुद्धको गोलसँगै हालाण्डले यस सिजन ३९ औं खेलमा ४५ गोल पूरा गरेका छन् ।

एकै सिजन सबैखाले प्रतियोगितामा ४५ गोल गर्ने उनी पहिलो प्रिमियर लिगका खेलाडी बनेका छन् ।

यस जितसँगै सिटी च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ ।

अर्को चरणमा पुग्न बायर्नलाई भने दोस्रो लेगमा फराकिलो जितको आवश्यकता देखिएको छ ।

दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका