जोडिनुहोस
  • होमपेज
  • चितवनको टाइगरल्याण्ड रिसोर्टमा आगलागी

चितवनको टाइगरल्याण्ड रिसोर्टमा आगलागी

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।

आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका