जोडिनुहोस
  • होमपेज
  • चार जनाको मृत्यु सैनिक शिविरमा गोली चल्दा

चार जनाको मृत्यु सैनिक शिविरमा गोली चल्दा

भटिन्डा– बुधबार बिहान पञ्जाबको भटिन्डा सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ ।

बुधबार बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो ।

घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो  ।

घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी  गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका