जोडिनुहोस
  • होमपेज
  • समिट होटलको वैधानिकता खोजियोस् : तोसिमा कार्की

समिट होटलको वैधानिकता खोजियोस् : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि संसदीय छानबिनको समेत माग राखेकी छन् ।

केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी छ ।

‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षेति भएका छन् ।

भासिने चक्रिनेक्रम जारी छ।’ सांसद कार्कीले भनेकी छन् । उनका अनुसार ‘स्थानीयले पटक पटक उजुरी दिएता पनि अपार्टमेन्ट निर्माणाको काम नरोकिएको गूनासो’ गरेका छन् ।

विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको छर, वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

‘म आग्रह गर्न चाहन्छु-यसरी नै देशव्‍यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’ यसका लागि संसदीय छानबिन समिति गठनको माग उनको छ ।

उनले भनेकी छन्, ‘सभामुख मार्फत निर्देशन दिइयोस् । संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयोस् । दोषीलाई कारबाही, क्षेति भएका पीडितलाई क्षेतिपूर्ति र क्षेति हुन सक्ने घरहरुको आजैबाट संरक्षण गरियोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका