जोडिनुहोस
  • होमपेज
  • अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पवन राणा पक्राउ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पवन राणा पक्राउ

काठमाडौं । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार राणालाई चैत २८ गते कपनबाट पक्रेर थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका