जोडिनुहोस
  • होमपेज
  • हिमालयन शेर्पासँग एपीएफ स्तब्ध

हिमालयन शेर्पासँग एपीएफ स्तब्ध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा हिमालयनले एपीएफलाई ५-३ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा सत्यम शर्माले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए ।

२८ औं मिनेटमा सत्यमले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई ३-० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।

खेलको ४७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई ३-२ को स्थितिमा ल्याए । खेलको ६३ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई ३-३ गोलको बराबरीमा ल्याए ।

खेलको ७५ औं अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई ४-३ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई ५-३ को जित दिलाए ।

हिमालयनको यो दोस्रो जित हो । हिमालयन ८ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ । एपीएफको यो तेस्रो हार हो । एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका