जोडिनुहोस
  • होमपेज
  • सगरमाथामा हिमपहिराेमा परी तीन जना बेपत्ता, सिम्रिक एयरको हेलिकप्टरबाट खोजी हुँदै

सगरमाथामा हिमपहिराेमा परी तीन जना बेपत्ता, सिम्रिक एयरको हेलिकप्टरबाट खोजी हुँदै

काठमाडौं । सगरमाथामा गएका तीन जना आरोही हिमपहिराेमा परी बेपत्ता भएका छन् । आज बिहान ९ः३० बाट हराएको ती आरोहीको खोजी कार्य भइरहेको पर्यटन विभागले जनाएको छ ।

विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा नामका आरोही हराएको जानकारी दिएका छन् ।

खतिवडाले भने, ‘उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । सिम्रिक एयरको हेलिकप्टर मार्फत खोजी गरिरहेको छ तर अहिलेसम्म भेट्टाउन सकेको छैन ।

हराएका आरोहीको उद्धारका लागि स्थलमार्गबाट पनि खोजी कार्य जारी राखिएको खतिवडाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका