जोडिनुहोस
  • होमपेज
  • फिल्ममा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने चलचित्र संघको निर्णय

फिल्ममा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने चलचित्र संघको  निर्णय

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले फिल्ममा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदानमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले फिल्म नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताए।

उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पारे। उनले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै फिल्ममा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरूले अभिलेखका लागि आफूले अभिनय गरेका फिल्महरूको बारेमा जानकारी दिन आग्रह गरे।

उनले भने, ‘सदस्यताको विषयमा कुरा आइरहेको छ। त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ। जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं। सदस्य बन्नु भएकाहरूले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दैछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस्।’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली फिल्मको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताए।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरूले ७० लाखसम्म पारिश्रमिक बढाएको भन्दै कलाकार संघले न्यूनतम पारिश्रमिक तोक्नुपर्ने माग गरे। उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती पनि दिए।

उनले भने, ‘संघका नियमित सदस्यज्युहरू जो नागरिकता अनुसार ७० वर्ष नाघिसक्नुभएको छ, उहाँहरूलाई निःशुल्क आजीवन सदस्यता दिने निर्णय भएको छ। कलाकारका हित र चलचित्र उद्योगको प्रवर्द्धनका लागि सल्लाह दिनुहोला।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका