जोडिनुहोस
  • होमपेज
  • आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौँ । काभ्रेपलञ्चोकमा आमामाथि खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पनौती नगरपालिका ११ बलथली बस्ने विश्वबन्धु थापा रहेका छन् । उनले बुधवार ९४ वर्षीय आमा कान्छीमाया थापालाई खुर्पा प्रयोग गरी हत्या गरेको प्रहरी जनाएको छ ।

खुर्पा प्रहारबाट सख्त घाइते भएकी थापाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका