जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तान २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा

अफगानिस्तान २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा

काबुल– अफगानिस्तान विश्व जनसंख्या समीक्षा (डब्लुपीआर)को प्रतिवेदन अनुसार २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा रहेको स्थानीय खामा प्रेसले उल्लेख गरेको छ । अफगानिस्तानमा प्रत्येक १ लाख मानिसहरूमा ७६ भन्दा बढी अपराधहरू हुने गरेका छन् ।

अपराधमा भ्रष्टाचार, हत्या, लागूऔषध ओसारपसार, अपहरण र मनी लान्ड्रिङ सहित विभिन्न रूपहरू उल्लेख भएको छ । सन् २०२० मा अफगानिस्तानले विश्वभर खपत हुने अवैध अफिमको ८५ प्रतिशत उपलब्ध गराएको प्रतिवेदनले दाबी गरेको छ।

तालिबानले २०२१ मा देशलाई पुन नियन्त्रण लिएपछि अफिम उद्योग फस्टाएको छ । प्रतिवेदनले देशमा उच्च बेरोजगारी दरका कारण अन्य प्रकारका अपराधहरू लुटपाट र आक्रमण हुनसक्ने बताएको छ।

भेनेजुएला, पपुवा न्युगिनी र दक्षिण अफ्रिका क्रमशः पहिलो, दोस्रो र तेस्रो उच्च अपराध दर भएका देशहरूमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका