जोडिनुहोस
  • होमपेज
  • आज बिहीबार, यस्तो छ आजको राशिफल

धार्मिक

आज बिहीबार, यस्तो छ आजको राशिफल

  • Sagarmatha TV
  • बिहिबार, चैत्र ३०, २०७९
आज बिहीबार, यस्तो छ आजको राशिफल

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेत गर्दा कार्यसिद्धि हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर अरूको जिम्मेवारीसमेत वहन गर्नुपर्ला। फाइदा कम हुनाले जोश–जाँगरमा कमी आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।

कर्कट ( हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। स्वास्थ्य सबल बन्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर आए पनि अरूका काममा धेरै समय अलमलिनुपर्ला। काममा धेरै श्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउनेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ। अरूको भरपर्दा आफ्नो फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर मात्र काम थाल्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। नियमित काम सम्पादन हुनेछन् तर कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। पहिले गरिएका कामबाट सामान्य फाइदा भइरहनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका