जोडिनुहोस
  • होमपेज
  • काठमाडौँबाट सिंहदरबार र राजधानी सार्दा आपत्ति छैन : बालेन शाह

काठमाडौँबाट सिंहदरबार र राजधानी सार्दा आपत्ति छैन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न भनेका छन् । बिहीबार मध्यान्ह सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताए ।

कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, सस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भने । सरकारले काठमाडौँ महानगरका माग सम्बोधन गरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका