जोडिनुहोस
  • होमपेज
  • सुस्तापश्चिमको सुस्ता गाउँपालिकाका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन सुरु

सुस्तापश्चिमको सुस्ता गाउँपालिकाका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन सुरु

बर्दघाट- सुस्तापश्चिमको सुस्ता गाउँपालिकाका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा  दिन थालिएको छ । चौधरी फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमी उपलब्ध गराएकाले आवश्यकताअनुसार प्रत्येक वडाको प्रत्येक गाउँ-गाउँमा पुगेर नागरिकलाई प्रारम्भिक चरणको उपचार सेवा उपलब्ध गर्न थालिएको हो  । 

फाउण्डेसनले आवश्यक जनशक्ति उपलब्ध गराएकाले प्रसूति सेन्टरका साथै आवश्यकताअनुसार नागरिकको घर घरमा पुगेर प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए । निर्वाचन क्षेत्र नं  १ बाट निर्वाचित सांसद तथा उद्योगपति विनोद चौधरीको पहलमा उक्त फाउण्डेसनले उक्त जनशक्ति उपलब्ध गराएको थियो  । 

गाउँपालिका र फाउण्डेसनबीच भएको सम्झौताअनुसार फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र  एक अनमीको खर्चका साथै प्रसूति सेन्टरमा आवश्यक उपकरण उपलब्ध गराएको थियो । सुस्ताको पक्लिहवास्थित  प्रसूति केन्द्रबाट सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका