जोडिनुहोस
  • होमपेज
  • मिटरब्याज किसान मजदुर संघर्ष समितिद्धारा सरकारी वार्ता टोलीसँगको वार्ता भंग

मिटरब्याज किसान मजदुर संघर्ष समितिद्धारा सरकारी वार्ता टोलीसँगको वार्ता भंग

काठमाडौं : मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ।

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँग वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।

५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु मात्र दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए।

उनले भने, ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष ६ बुँदे माग राखेको थियो। राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामी ५ दिन वार्तामा बस्यौँ। उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन। आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ। उहाँहरुले हामी संवेदनशील भएका छौँ भन्नुभएको छ। हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौँ, उहाँहरुले त्यही कुरा राखिराख्नुभयो।’

प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागको सरकारी पक्षले बेवास्ता गरेको आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका