जोडिनुहोस
  • होमपेज
  • महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठकुरीद्धारा विद्यार्थीमाथि हातपात

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठकुरीद्धारा विद्यार्थीमाथि हातपात

विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठकुरीले विद्यार्थीमाथि हातपात गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केही नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मालाई सचिव ठकुरीले हातपात गरेका हुन्।

हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका एकाइ अध्यक्ष कमल ओझाले विज्ञप्ति जारी गरेका छन्। उनले क्याम्पसमा गुण्डागर्दी शैली मौलाएको भन्दै सार्वजनिक र लिखित माफी माग्नुपर्ने माग गरेका छन्।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका एकाइ अध्यक्ष तथा स्ववियुका सचिव रहेका ठकुरीले एक महिना बित्न नपाउँदै विद्यार्थीमाथि हातपात गरेको भन्दै विद्यार्थीमाझ आलोचना बढेको छ।

अनेरास्ववियुका एक विद्यार्थी नेताले ठकुरी नेविसंघसँग सेटिङमा जितेर आएकाले अहिले मनपरी गर्ने काममा सक्रिय रहेको आरोप लगाएका छन्। उनले संगठनबाट स्ववियुमा निर्वाचित भएर विद्यार्थीमाथि गुण्डागर्दी शैलीमा हातपात गर्न उत्रिएको विषय छलफलमा ल्याउने बताएका छन्।

विद्यार्थीले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न पाउनुपर्ने भए पनि त्यसलाई निस्तेज गर्ने शैली अपनाउँदा क्याम्पसको वातावरण बिग्रने बताएका छन्। पीडित विद्यार्थी सोनु शर्माले आफ्ना माग लिएर स्ववियुमा जाँदा सचिवले धकेलाधकेल गरेको बताए।

उनले स्ववियुले विद्यार्थीको पक्षमा काम गर्नुपर्ने बताए। निर्वाचित भएको २२ दिन पुग्दासम्म विद्यार्थी नेतृत्व छ भन्ने कुनै आभास नभएको बताएका छन्।

एक महिना नपुग्दै गुनासो लिएर पुगेका विद्यार्थीमाथि हातपात गर्ने शैली अपनाएकाले बाँकी दिनमा उनीहरूको गतिविधि सूक्ष्म रूपले हेर्ने बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका