जोडिनुहोस
  • होमपेज
  • भारतले जी–२० मार्फत दक्षिणी देशको समस्याको उजागर गर्नेछ: जयशकंर

भारतले जी–२० मार्फत दक्षिणी देशको समस्याको उजागर गर्नेछ: जयशकंर

कम्पाला –भारतले आफ्नो अध्यक्षतामा भइरहेको जी–२० सम्मेलन मार्फत दक्षिणी देशका समस्याको समाधानको बारेमा प्रयास गरिरहेको भारतका विदेशमन्त्री एस जयशंकरले युगान्डाको कम्पालामा भने।

युगान्डा र मोजाम्बिकको भ्रमणमा रहेका जयशंकरले युगान्डामा भारतीय मामिलासम्बन्धी संसदीय फोरमका सदस्यहरूलाई सम्बोधन गरेका छन् । उनले भने, ‘भारतले जी–२० सम्मेलन फरक तरिकाले गर्दैछौं कि तपाईका समस्यालागी सम्मेलनमा समावेश गर्नेछौ ।’

उनले दक्षिणी देशका समस्या लगायत विश्वभरमा ऋण, स्वास्थ्य, एसडीजी, विकासका लगायतका समस्यालाई छलफल गर्नेछौ । मलाई लाग्छ कि यी सबै मुद्दाहरू हुन् जसलाई हामी जी– २० सम्मेलनमा केन्द्रित गर्न चाहन्छौँ, जयशंकरले भने।

भारतले गत वर्ष डिसेम्बर १ देखि एक वर्षका लागि जी २० को अध्यक्षता ग्रहण गरेको थियो।जी–२० शिखर सम्मेलन यस वर्ष सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका