जोडिनुहोस
  • होमपेज
  • यी हुन् २०८० सालमा हुने सार्वजनिक बिदा

यी हुन् २०८० सालमा हुने सार्वजनिक बिदा

काठमाडाैँ– नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८० साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ ।

१) नयाँ वर्ष – बैसाख १ गते शुक्रबार ।
२) विश्व मजदुर दिवस – (मे १) – बैशाख १८ गते सोमबार ।
३) बुद्ध जयन्ती – बैशाख २२ गते शुक्रबार ।
४) राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्व – चण्डी पूर्णिमा (बैसाख पूर्णिमा)- बैसाख २२ गते
५) गणतन्त्र दिवस – जेठ १५ गते सोमबार ।
६) गौरा पर्व – भदौ ७ गते बिहिबार । (सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र)
७) रक्षाबन्धन – भदौ १४ गते बिहिबार ।
८) गाईजात्रा – भदौ १४ गते बिहिबार (देशभरका नेवार समुदाय र काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
९) श्रीकृष्ण जन्माष्टमी – भदौ २० गते शुक्रबार ।
१०) हरितालिका (तीज) वर्त – असोज १ गते सोमबार । (महिला कर्मचारीहरूको लागि मात्र)
११) संविधान दिवस (राष्ट्रिय दिवस) – असोज ३ गते बुधबार ।
१२) इन्द्रजात्रा – असोज ११ गते बिहिबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
१३) जितिया पर्व – असोज २० गते शनिबार (जितिया पर्व मनाउने महिला कर्मचारीको लागि) ।
१४) घटस्थापना – असोज २८ गते आइतबार ।
१५) दशैं बिदा (कार्तिक ४ गते शनिबारदेखि कार्तिक ९ गते बिहिबारसम्म (फूलपातीदेखी द्वादशीसम्म) ।
१६) फाल्गुनन्द जयन्ती – कार्तिक २५ गते शनिबार (किराँत धर्मावलम्बीहरूको लागि मात्र)
१७) तिहार बिदा (कार्तिक २६ गते आइतबार देखि कार्तिक ३० गते बिहिबारसम्म) लक्ष्मीपूजा कार्तिक २६ गते, म्ह पूजा कार्तिक २८ गते, र भाइटिका कार्तिक २९ गते ।
१८) छठ पर्व – मङ्सिर ३ गते आइतबार ।
१९) गुरु नानक जयन्ती – मङ्सिर ११ गते सोमबार (नेपाली सिख धर्मावलम्बीहरूको लागि मात्र)
२०) अन्तरराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) – मङ्सिर १७ गते आइतबार । (नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीको लागि मात्र)
२१) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ ) – पुस ९ गते सोमबार ।
२२) किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि – ज्यापू दिवस (धान्य पूर्णिमा) – पुस १० गते मङ्गलबार ।
२३) तमू ल्होसार – पुस १५ गते आइतबार ।
२४) पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) – पुस २७ गते शुक्रबार ।
२५) माघी पर्व/माघे सङ्क्रान्ति – माघ १ गते सोमबार ।
२६) सोनम ल्होसार – माघ २७ गते शनिबार ।
२७) जनयुद्ध दिवस – फागुन १ गते मङ्गलबार ।
२८) वसन्त पंचमी – फागुन २ गते बुधबार । (शिक्षण संस्थाहरूको लागि मात्र)
२९) राष्ट्रिय प्रजातन्त्र दिवस – फागुन ७ गते सोमबार ।
३०) महाशिवरात्री – फागुन २५ गते शुक्रबार ।
३१) अन्तरराष्ट्रिय महिला दिवस (मार्च ८) – फागुन २५ गते शुक्रबार ।
३२) हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्पो ल्होसार – फागुन २८ गते सोमबार ।
३३) फागु पूर्णिमा – हिमाली र पहाडी लगायत ५६ जिल्लाहरूमा चैत्र ११ गते आइतबार र तराईका २१ वटा जिल्लाहरूमा चैत्र १२ गते सोमबार ।
३४) घोडेजात्रा – चैत्र २६ गते सोमबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३५) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन ।
३६) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन ।
३७) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३८) सिरुवा पावनिको दिन – (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा) ।
३९) मोहम्मद जयन्तीका दिन – (नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र) ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका