जोडिनुहोस
  • होमपेज
  • दुई आत्मघाती गोल गरेपछि बराबरीमा रोकियो युनाइटेड

दुई आत्मघाती गोल गरेपछि बराबरीमा रोकियो युनाइटेड

काठमाडौं— युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभियाले बराबरी खेलेका छन्।

गएराति भएको खेलमा युनाइटेड र सेभियाले २–२ गोलको बराबरी खेले। दोस्रो हाफमा दुई आत्मघाती गोलले युनाइटेड बराबरीमा रोकियो।

खेलको १४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। २१ औं मिनेटमा सबिट्जरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।

तर, खेलको ८४ औं मिनेटमा युनाइटेडका ट्रेल मालासियाले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा आयो। खेलको इन्जुरी समयमा युनाइटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २१ मा हुनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका