जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ महानगरको सेवा आजदेखि काठमाडौँ प्लाजाबाट

काठमाडौँ महानगरको सेवा आजदेखि काठमाडौँ प्लाजाबाट

काठमाडौँ— काठमाडौँ महानगरपालिकाले आजदेखि काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । सुन्धारामा रहेको महानगरको कार्यालय काठमाण्डौ प्लाजामा सारिएको छ ।

प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईलगायतका कार्यालय नयाँ भवनमा सारिएको छ । अहिले १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने र कोठा विभाजनको काम भैरहेको छ । मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिने सहायक प्रवक्ता अधिकारीले बताए । उनका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाण्डौ प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाण्डौ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच गएको चैत आठ गते सम्झौता भएको थियो । हरेक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको हो ।

भूकम्पका कारण बागदरबारमा क्षति पुगेपछि विभिन्न ठाउँमा छरिएर सेवा दिनुपर्ने अवस्था थियो । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका