जोडिनुहोस
  • होमपेज
  • पश्चिमी अष्ट्रेलियामा आँधीका कारण हजारौं मानिस विस्थापित

पश्चिमी अष्ट्रेलियामा आँधीका कारण हजारौं मानिस विस्थापित

एजेन्सी— पश्चिमी अष्ट्रेलियाको उत्तरी तटमा शक्तिशाली आँधी आएको छ ।

३ सय १५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको इल्सा नामको आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुर्याएको बीबीसीले जनाएको हो । आँधीका कारण तटीय क्षेत्रमा रहेका हजारौं मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

पश्चिमी अष्ट्रेलियामा हरेक वर्ष चक्रवत आँधीबाट मानिसहरू प्रभावित हुने गरेका छन् । तर, यो आँधी पछिल्लो १४ वर्ष यताको सबैभन्दा शक्तिशाली रहेको मौसम विभागका अधिकारीहरुले बताएका छन् ।

आँधीबाट थप क्षति हुन नदिन पोर्ट हेडल्याण्ड बन्दरगाहमा १५ हजार मानिसलाई एलर्ट रहन आग्रह गरिएको समाचारमा उल्लेख गरिएकाे छ । त्यस्तै, बन्दरगाहमा रहेका जहाजलाई पनि सुरक्षित स्थानमा राखिएको छ । आँधीको प्रभाव अझै बढ्न सक्ने भन्दै दुर्गम र ग्रामीण क्षेत्रका मानिसहरू विस्थापित हुन थालेका छन् ।

दुई वर्षअघि पनि सोही क्षेत्रमा आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै दुई जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका