जोडिनुहोस
  • होमपेज
  • साबिक विजेताको गुजरातको तेस्रो जित

साबिक विजेताको गुजरातको तेस्रो जित

काठमाडौं । साबिक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा तेस्रो जित निकालेको छ। आफ्नो चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा गुजरातले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

बिन्द्रा स्टेडियम मोहालीमा घरेलु टोली पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले १९ दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित ६७ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर ऋद्धिमान शाह १९ बलमा ५ चौकासहित ३० रनमा आउट भए ।

गिल र शाहले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । शाई सुदर्शन १९ रनमा आउट हुँदा तथा डेविड मिलर १७ रनमा अविजित रहे ।

पन्जाबका लागि साम करन, अर्शदीपसिंह, हरप्रीत ब्रार र कागिसो रबाडाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।

पन्जाबका म्याथ्यु शर्टले २४ बलमा ३६ रन बनाउँदा जितेश शर्मा २३ बलमा २५ रन बनाए । साम करन र साहरुख खानले समान २२/२२ तथा भानुका राजापाक्षले २० रन बनाए ।

गुजरातका लागि मोहित शर्माले २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान १/१ विकेट लिए ।

गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक सहित १० टोली सहभागी यस लिगको तेस्रो स्थानमा छ ।

पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका