जोडिनुहोस
  • होमपेज
  • आईपीएल – कोलकत्ता र हैदरवाद भिड्दै

आईपीएल – कोलकत्ता र हैदरवाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ ।

आईपीएलमा शुक्रबार कोलकत्ता नाइट राईडर्स र सनराईजर्स हैदरावाद भिड्ने छन् । इडेन गार्डेनमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

कोलकत्ता आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । कोलकत्ता ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यता, हैदरावाद दोस्रो जित निकाल्न चाहन्छ । हैदरावाद २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले ४ जित निकाल्दा हैदरावादले मात्र १ जित निकालेको छ ।

यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका