जोडिनुहोस
  • होमपेज
  • वर्ष २०७९ मा पुस्तक वितरणको लागि स्थानीय तहमा २ अर्ब ९२ करोड ३४ लाख निकासा

वर्ष २०७९ मा पुस्तक वितरणको लागि स्थानीय तहमा २ अर्ब ९२ करोड ३४ लाख निकासा

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नि:शुल्क पाठ्यपुस्तक वितरणको लागि बजेट विनियोजन भए पनि पुस्तक उपलब्धता अवस्थाको कुनै अभिलेख नराख्‍ने गरेको पाइएको छ।

बिहीबार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ वार्षिक प्रतिवेदनमा वर्ष २०७९ मा पुस्तक वितरणको लागि स्थानीय तहमा २ अर्ब ९२ करोड ३४ लाख निकासा भएको उल्लेख छ।

‘विद्यालयमा तोकिएको पाठ्यपुस्तक समयमा पुगे नपुगेको सम्बन्धमा केन्द्रले कुनै अभिलेख राखेको पाइएन,’प्रतिवेदनमा भनिएको छ। अघिल्लो वर्ष कतिपय जिल्लाका विद्यालयहरूमा तोकिएको समयमा पाठ्यपुस्तक नपुगेको महालेखाले जनाएको छ।

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक पूर्वतयारी लगायतको कार्य योजना बनाउन महालेखाले निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका