जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरिया राष्ट्रपतिको अमेरिका भ्रमणको ठीक अगाडि कागजातहरू लिक हुँदा असहज स्थिति सिर्जना

दक्षिण कोरिया राष्ट्रपतिको अमेरिका भ्रमणको ठीक अगाडि कागजातहरू लिक हुँदा असहज स्थिति सिर्जना

सोल : दक्षिण कोरियाका राष्ट्रपतिको अमेरिका भ्रमणको ठीक अगाडि अमेरिकी गुप्तचर कागजातहरू लिक हुँदा असहज स्थिति सिर्जना भएको छ। लिक कागजातमा उक्रेनमा दक्षिण कोरियाका वरिष्ठ अधिकारीहरूबीचको वार्ता समावेश छ। त्यस्ता कागजातले दक्षिण कोरियाथि जासुसी गरिरहेको संकेत गर्दछ।

गत वर्ष पदभार सम्हालेका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट बढ्दो आणविक खतरा र सैन्य चुनौतीको सामना गर्न अमेरिकासँग बलियो सैन्य साझेदारीलाई आफ्नो विदेश नीतिको केन्द्रमा राखेका छन्।

दुई देशबीच यही अप्रिल २६ मा शिखर वार्ता हुँदै छ। जुन वार्तामा सुरक्षा प्रतिबद्धता, आर्थिक र प्रविधि नीतिमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। लिक भएका कागजातहरू अनलाइनमा पोस्ट गरिएको थियो। एपीले देखेका कागजातहरूका अनुसार अमेरिकाले उक्रेनलाई गोला बारुद उपलब्ध गराउन दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्लाई अनुरोध गरेको थियो। त्यसपछि मार्चको शुरुमा दुई देशबीच असहमति भएको थियो।

दक्षिण कोरिया उदीयमान हतियार निर्यातकर्ता देश हो तर युद्धका वेला कुनै पनि देशलाई हतियार आपूर्ति नगर्ने उसको नीति छ। यही कारण दक्षिण कोरियाले उक्रेनलाई सीधै हतियार उपलब्ध गराएको छैन। यसले मानवीय सहायता पठाएको छ र रूसविरुद्ध अमेरिकी नेतृत्वको आर्थिक प्रतिबन्धमा सामेल भएको छ।

राष्ट्रपति नेतृत्वको संस्थानका निर्देशक चोई जिनले यो कुनै गोप्य कुरा नभएको बताए। सहयोगीहरूले एकअर्काको साथसाथै विपक्षीहरूको पनि जासुसी गर्छन्।

अमेरिकाले ‘वायरट्यापिङ’ गर्ने कुरा सबैलाई पहिले नै थाहा भएका कुरा भएको चोईले बताए। यसरी ट्यापिङ भएका कुरा लिक भएपछि अझ संवेदनशील विषय बन्छ। उनले भने, ‘मलाई लाग्छ‚ दक्षिण कोरियाले अमेरिकी अधिकारीको कुरा ट्याप गर्ने प्रयास गरेको छ। मानिसहरूले वायरट्यापिङ भन्ने शब्द मन पराउँदैनन्। अर्को शब्दमा यसलाई जासुसी जानकारी संकलन गरेको भनिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका