जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने

एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशभर विभिन्न कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने भएको छ । आज शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर वैशाख ९ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थापना दिवसका अवसरमा काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुने जिल्लाहरुमा आफू अनुकुल कार्यक्रम हुने छन् ।

बैठकले एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको जानकारी पनि खतिवडाले दिए ।

पार्टी दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै नेता न्यौपानेले एकीकृत समाजवादी छाडेको घोषणा गरेका थिए । उनले आफूले राखेको प्रस्तावमाथि पार्टीमा छलफल नगरेको आरोप लगाएका थिए ।

तर खतिवडाले न्यौपानेले लगाएका आरोप आरोप खण्डन गर्न लायक पनि नरहेको बताए ।

न्यौपानेले पार्टी स्थापनाको उद्देश्य विपरीतको प्रस्ताव राखेको भन्दै खतिवडाले त्यो प्रस्ताव गलत भएको र त्यो प्रस्तावमा उनी बाहेक अरु कसैले समर्थन नगरेका कारण पार्टीमा छलफल नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका