जोडिनुहोस
  • होमपेज
  • मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दु पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ ः अध्यक्ष थापा

मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दु पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ ः अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दु पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका बताएका छन्।

केही मत भिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने उनको भनाइ छ। नयाँ वर्षको असरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र वृहत्तर लक्ष्य प्राप्तिका निमित्त सबै आ–आफ्नो ठाउँबाट लचकता अपनाउँदै एकतामा आउनुपर्नेमा जोड दिए।

मुलुकको व्यवस्था मात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा चिन्ता व्यक्त गर्दै थापाले आर्थिक विकास, समृद्धि  र देश निर्माण मृगमरिचिका बनेको बताए ।

वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घर झै ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका ,व्यवस्थापिका र कार्यपालिका राजनीतिको छायाँमा परेकोमा चिन्ता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका