जोडिनुहोस
  • होमपेज
  • सरकारसँगको वार्ता भंग पछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने

सरकारसँगको वार्ता भंग पछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने

काठमाडौँ– सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने भएका छन् । 

आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैशाख ४ गते काठमाडौंमा वृहत मार्चपास गर्ने उनीहरूले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् । 

चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका