जोडिनुहोस
  • होमपेज
  • पदकमा मात्र सरकारको ३४ करोड ५८ लाख खर्च

पदकमा मात्र सरकारको ३४ करोड ५८ लाख खर्च

काठमाडौं । सरकारले शुक्रबार पनि विगतका वर्षमा झैँ तामझामका साथ मानपदवी वितरण गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन योगदान गर्ने पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७ सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे ।

यसरी वर्षेनी बाँडिने मानपदवीमा सरकारले करोडौँ खर्च गर्दै आएको छ । सरकारले मानपदमी, अलंकार र पदक वितरणमा वितेको तीन वर्षमा मात्र ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।बिहीबार महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ सम्म यो रकम खर्च भएको हो । तीन वर्षको अवधिमा सरकारले १५ सय ७३ जनालाई तक्मा बाँडेको छ । यसका लागि ३४ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये २७४ जनाले तक्मा बुझेका छैनन् ।

विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दै गएको भन्दै महालेखाले लागतमा कमी ल्याउन तथा विभूषित हुने संख्या निश्चित गरी खर्च नियन्त्रण गर्न भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका