जोडिनुहोस
  • होमपेज
  • येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु, ११ जनाको उद्धार

येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु, ११ जनाको उद्धार

एजेन्सी । केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।

उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।

रिपोर्टअनुसार यो ‘येशूलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए’ ।

उनीहरूलाई यस किसिमको प्रचार गरी येशूलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो ।

उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए ।

अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक वेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका