जोडिनुहोस
  • होमपेज
  • ह्यारी ब्रुकको शतकमा कोलकातामाथि हैदराबादको जित

ह्यारी ब्रुकको शतकमा कोलकातामाथि हैदराबादको जित

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटड राइडर्समाथि २३ रनको जित हात पारेको छ । ह्यारी ब्रुकले जारी आईपीएलमा पहिलो शतक बनाउँदा रिंकु सिंहले फेरि एक पटक विस्फोटक इनिङस् खेले ।

इडेन गार्डेन्समा कोलकाताले टस जितर फिल्डिङ रोजेको थियो । हैदराबादले हेरी ब्रुकको शतकको मदतमा २० ओभरमा चार विकेट गुमाएर २ सय २८ रनको योगफल बनायो । ब्रुक र मयकं अग्रवालले ४.१ ओभरमा ४६ रनको साझेदारी गरे । जसमा ब्रुकको योगदान बढी रह्यो । आन्द्रे रसेलले मयंकलाइ ९ रनमा आउट गर्दै साझेदारी तोडे ।

राहुल त्रिपाठी पनि ९ रनमानै आउट भए । ब्रुक र कप्तान एडेन माक्रमले इनिङस सम्हाले । माक्रमले वरुण चक्रवर्थीको बलमा आउट हुनु अघि २६ बलमा ५० रन बनाए । ब्रुक एक सय रनमा अविजित रहे । ५५ बल खेलेका उनले १२ चौका र तीन छक्का प्रहार गरे । जारी सिजनको आईपीएलमा ब्रुक शतक बनाउने पहिलो खेलाडी हुन् । अभिषेक शर्माले ३२ रन थप्दा हेनरिच क्लासेन १२ रनमा अविजित रहे । रसेलले तीन विकेट लिए ।

जवाफमा कोलकाताले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनायो । ओपनर रामानुल्लाह गुरबाज शून्यमा पभेलियन फर्किए । वेंकटेश ऐअर १० रनमा मैदान बाहिँरिदा सुनल नरेनले खाता खोल्न सकेनन् । नारायण जगदिशनले ३६ र कप्तान नितिश रानाले ७५ रन बनाएका थिए । रिंकुले ३१ बलमा ५८ रनको विस्फोटक ब्याटिङ गरेपनि जित सम्भव भएन । मार्को जानसेन र मयकं मार्कन्डेले २ – २ विकेट लिए ।

दुवै टिमको चार खेलबाट चार अंक छ । आईपीएलमा आज दिउँसो पौने चार बजे रोयल च्यालेन्सर्ज बेङलोर र दिल्ली क्यापिटल्स तथा साँझ पौने आठ बजे लखनउ सुपर जाइन्टस र पंजाब किंग्सबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका