जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानः खुजदारमा सशस्त्र व्यक्तिको आक्रमणबाट एक प्रहरीको मृत्यु, अर्का एक घाइते

पाकिस्तानः खुजदारमा सशस्त्र व्यक्तिको आक्रमणबाट एक प्रहरीको मृत्यु, अर्का एक घाइते

इस्लामाबाद–पाकिस्तानको खुजदार जिल्लाको नवा जाफराबाद क्षेत्रमा अज्ञात बन्दुकधारीको गोली लागि एक प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीले त्यस क्षेत्रमा गस्ती गरिरहेका बेला मंगलबार घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइते प्रहरी र मृतक प्रहरी जवानको शव अस्पताल लगिएको समाचारमा जनाइएको छ ।

गएको चार दिनमा क्वेटा र खुजदारमा भएको यो पाँचौं आतङ्ककारी हमला हो जसमा प्रहरी जवानहरूलाई निशाना बनाइएको थियो। यी आक्रमणमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ ।

यसअघि आइतवार पाकिस्तानको बलुचिस्तानको कुचलक जिल्लाको किल्ली स्पाइन क्षेत्रमा अज्ञात आक्रमणकारीले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो र अर्का घाइते भएका थिए, प्रहरीलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका