जोडिनुहोस
  • होमपेज
  • नेपालको रेल सेवा दैनिक चारपटक आवत-जावत गर्न शुरु

नेपालको रेल सेवा दैनिक चारपटक आवत-जावत गर्न शुरु

धनुषा।नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वेले अबदेखि दिनको चार पटक आवत जावत गर्ने व्यवस्था लागू गरेको छ ।

यसअघि एकपटक जाने र एक पटक आउने व्यवस्था रहेकोमा नयाँ वर्ष २०८० को प्रारम्भसंगै अब दुइपटक जाने र दुइ पटक आउने व्यवस्था गरिएको हो ।

नेपाल रेल्वेका महाप्रवन्धक निरञ्जन झाले अब नेपालको कुर्थाबाट रेल विहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने र भारतको जयनगरवाट जनकपुरधाम वा कुर्थाका लागि विहान ९ बजेर ३० मिनेट र वेलुकी पाँच बजे प्रस्थान गर्ने व्यवस्था लागू गरिएको जानकारी दिए ।

उहाँले विजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको निरिक्षण सम्पन्न भइसकेको र वाँकी कामहरु छिट्टै पुरा गरेर हस्तान्तरण गर्न भारतिय कम्पनी इरकनलाई आग्रह गरिएको जानकारी पनि दिए। नेपाल रेल्वेले एउटा यात्रुवाहक र एउटा कार्गो गरी थप दुईवटा रेल सरकारसंग माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका