जोडिनुहोस
  • होमपेज
  • भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ – भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ ।

पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो । घाइतेहरुको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका