जोडिनुहोस
  • होमपेज
  • नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

बाँके– नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमूल क्षेत्रीलाई पक्राउ गरेको हो । 

उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।  

उनी श्री एयरलाइन्सबाट काठमाडौँतिर जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका