जोडिनुहोस
  • होमपेज
  • कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ

कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले  ०७९ चैत १५ गतेको माओवादी केन्द्र, कांग्रेस र जनमतको  सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्ने बताएका हुन्।

‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन  टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन।  जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु।  चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको  सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको,’ उनले भनेका छन्।

जनमत पार्टी अहिले केन्द्रीय गठबन्धनबाट पनि टाढिएको छ।  जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका