जोडिनुहोस
  • होमपेज
  • आफन्तको निधन शोकसभामा गएका आठ जनाको दुर्घटनामा परी मृत्यु अन्य छ जना गम्भीर घाइते

आफन्तको निधन शोकसभामा गएका आठ जनाको दुर्घटनामा परी मृत्यु अन्य छ जना गम्भीर घाइते

उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन्।

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका