जोडिनुहोस
  • होमपेज
  • मुलुकमा विदेशी हस्तक्षेप बढ्यो : मुख्यमन्त्री

मुलुकमा विदेशी हस्तक्षेप बढ्यो : मुख्यमन्त्री

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रूपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदैन केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए । 

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरू समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे ।

मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै पत्रकारहरूलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका