जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने : लामिछाने

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने  : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफूहरूले शून्य सहनशीलता अपनाउने बताएका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार बनेका लाछिमानेले शनिबार भरतपुर-४ धर्मचोकमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका हुन्।

‘सबैभन्दा पहिलो त पार्टी भित्रको आन्तरिक  लोकतन्त्र बलियो हुनुपर्छ। कुनै पनि खराब काम गर्ने मान्छेलाई स्थान दिनु हँदैन भन्ने अवधारणा हामीले लिएर आएका छौं। लामिछानेले भने, ‘हामी घुस खाएको प्रमाणित त छोडिदिनुस्, घुस खाने कुरा सपनामा सोच्यो भने पनि कारबाही गर्छौँ।

उनले पार्टीमा जोडिएका साथीहरू बाटो बिराउँदैनन् भन्नेमा विश्वस्त रहेको भन्दै लामिछानेले बाटो बिराउँदा कसैलाई पनि जोगाउन नलाग्ने बताए।

इमानदार मान्छेलाई पार्टीमा स्वागत गर्न तयार रहेको भन्दै उनले इमानदार नभए घण्टा गनेर कारबाही हुने बताए।

‘घण्टी चिन्ह बोकेर जे पनि गर्छु भन्न पाइँदैन। घण्टी बोक्दैमा, घण्टी बजाउँदैमा इमानदार भनिन्छ भन्ने छैन। हामीले कारबाही गरेर देखाएका छौं’, उनले भने, ’घण्टी बोकेको होस् जोसुकै होस्, गलत गर्ने मान्छेलाई घण्टा गनेर कारबाही हुन्छ।

उनले अहिले आफूले जित्ने परिस्थिती देखेर अत्तालिएका दलहरु सबै मिलेर आफ्नो पार्टीमाथि खनिएको आरोप लगाए।

‘हामी निर्वाचनमा आउनुभन्दा पहिला एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्थे, एउटा पार्टीको नेताले अर्को पार्टीको नेताको खिल्ली उडाउँथ्यो। अहिले सबै मिलेर हामीलाई गाली गरिरहेका छन्। पाइला पाइलामा अवरोध खडा गरिरहेका छन्। मुद्दामाथि मुद्दा हालिरहेका छन्।’ उनले भने, ‘झटारो जुन रुखमा हानिन्छ त्यो रुख लटरम्म फलेको हुन्छ। स्वतन्त्र पार्टी त्यस्तै रुख हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका