जोडिनुहोस
  • होमपेज
  • घान्द्रुकमा खुल्यो घान्द्रुक कल्चर रिसोर्ट

घान्द्रुकमा खुल्यो घान्द्रुक कल्चर रिसोर्ट

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट संचालनमा आएको छ ।

घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टेलिभजनका अध्यक्ष निर्मल गुरुङले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरुङले रिसोर्ट स्थापनाले घान्द्रुकको पर्यटन क्षेत्रमा नया आयाम थपेकोे बताए । पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको बेलामा रिसोर्टको स्थापनाले यहा आउने पर्यटकहरुलाई अझ थप सुबिधा प्राप्त हुने भएकोमा खुशी ब्यक्त गरे ।

घान्दुकमा पहिलो सुबिधा सम्पन्न रिर्सोट स्थापनाले सहर बजारमा हुने गरेका गोष्ठी र सेमिनार जस्ता कार्यक्रम गर्न सकिने बताए ।

त्यस्तै प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यहाँको पर्यटन क्षेत्र विकासका लागि आफुले सदनमा समेत आवाज उठाउने उनले प्रतिवद्धता जनाए ।

त्यस्तै पुर्व राज्यमन्त्रि प्रकाश गुरुडले घान्दुक धुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समग्र घान्दुक क्षेत्रको कला र संस्कृतीलाई यस रिर्सोटले समेटेर प्रस्तुत गर्नेे कुरामा आफु आसावादी रहेको बताए ।

रिसोर्ट आठ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ । रिसोर्टमा करिब ३ सय जना क्षमताकोे सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको छ ।

रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने रिर्सोटका संचालक कुल प्रसाद गुरुड.ले बताए।

७५ प्रतिशत कार्यसम्पन्न भएको भएतापनि नयाँ वर्षको अवसर पारेर रिसोर्टको उद्घाटन गरिएको गुरुङले बताउनुभयो ।

रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा छन्।

लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको गरुुडको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका