जोडिनुहोस
  • होमपेज
  • सुडानको सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ हुँदा २७ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

सुडानको सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ हुँदा २७ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

काठमाडौँ— सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ ।

बीबीसीका अनुसार भिडन्तमा कम्तीमा २७ जनाको मृत्यु भईसकेकोे छ । मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघका तीनजना कामदार पनि थिए । उनीहरुलार्ई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको थियो । त्यस्तै, २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ ।

तर, सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ । आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए ।

भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन् । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेका छन् ।

रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ । यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो ।

सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका