जोडिनुहोस
  • होमपेज
  • प्रदूषणका कारण काठमाडौँ उपत्यकाको मौसम धुम्म

प्रदूषणका कारण काठमाडौँ उपत्यकाको मौसम धुम्म

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । डढेलोका कारण अहिले काठमाडौँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् ।

भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ ।

यस्तै, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक एक्यूआई झण्डै दुई सय पुगेको छ ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।

एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । वायु प्रदूषण बढ्नुमा मौसमी अवस्थासँगै डढेलो मुख्य कारण रहेको वातावरण विज्ञहरु बताउँछन् । डढेलोका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । बिहानैदेखि धेरै ठाउँको मौसम धुम्म भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका