जोडिनुहोस
  • होमपेज
  • ट्वीटरले ‘सरकारी अनुदान प्राप्त मिडिया’को ट्याग राखिदिएपछि बीबीसीको आपत्ति

ट्वीटरले ‘सरकारी अनुदान प्राप्त मिडिया’को ट्याग राखिदिएपछि बीबीसीको आपत्ति

काठमाडौं— हालसालै ट्विटरले बीबीसीको मुख्य अकाउन्टमा ‘सरकारी अनुदान प्राप्त मिडिया’ लेबल राखिदिएपछि बीबीसी असन्तुष्टि जनाएको छ।

घटनापछि आपत्ती जनाउँदै बीबीसीले एक विज्ञप्ति निकालेर भनेको छ, ‘बीबीसी सरकार प्रायोजित मिडिया होइन। यो बेलायती नागरिकहरूले तिरेको लाइसेन्स शुल्कको पैसाले चलेको सार्वजनिक मिडिया हो।’

यसअघि पनि ट्विटरले अमेरिकी समाचार समूह एनपीआरलाई पनि सरकारी अनुदान प्राप्त मिडियाको रूपमा लेबल गरेको थियो। यस विषयमा थप कुराकानीका लागि ट्विटरलाई सम्पर्क गरिएको बीबीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ट्विटर मालिक एलन मस्क्सले बीबीसी थोरै मात्रै पूर्वाग्रह राख्ने मिडिया भएको टिप्पणी गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका