जोडिनुहोस
  • होमपेज
  • डढेलो बढेसँगै काठमाडौँको वायु प्रदूषण उच्च

डढेलो बढेसँगै काठमाडौँको वायु प्रदूषण उच्च

काठमाडौँ । देशभर वर्षाको गतिविधि कम हुनुका साथै डढेलोका घटनाहरू वृद्धि भएसँगै देशमा वायु प्रदूषण बढेको छ । राजधानी काठमाडौँमा वायु प्रदूषण सबैभन्दा उच्च रहेको छ ।

विश्वभरका सहरहरूको वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार आइतबार बिहानैदेखि काठमाडौँको हावाको स्तर अस्वस्थ रहेको छ । बिहान ९ः३० बजेको तथ्याङ्क अनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित रहेको छ ।

नेपालभन्दा अघि थाइल्याण्डको चियाङ माई सहरमात्र रहेको छ । प्रदूषण बढेसँगै जल तथा मौसम विज्ञान विभागले डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका