जोडिनुहोस
  • होमपेज
  • चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका

चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका गरेका छन् ।

पाँच महिनाअघि भएको संसदीय निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।

चुनाव प्रचारका लागि चितवन पुगेका एमाले सचिव भट्टराईले रास्वपाका सभापति लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।

प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, फेरि पनि उपचुनाव हुन सक्छ। ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन।

उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्नेमा जोड दिए। चितवन २ मा एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न अपिल पनि गरे ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका