जोडिनुहोस
  • होमपेज
  • बैतडीको दोगडाकेदारमा एक युवकको हत्या

बैतडीको दोगडाकेदारमा एक युवकको हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थल पुगेर थप अनुसन्धन सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका