जोडिनुहोस
  • होमपेज
  • बैतडीमा एक जना युवकको घाँटी रेटेर हत्या

बैतडीमा एक जना युवकको घाँटी रेटेर हत्या

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय वासुदेव जोशीको घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न व्यक्तिको परिचय खुलिसकेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रेमबहादुर शाहीले बताएका छन् । शनिबार साँझ बाटो ढुकेर बसेका व्यक्तिले उनको हत्या गरेको उनको परिवारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका