जोडिनुहोस
  • होमपेज
  • नेकपा एसले नन्दा चपाईंलाई राज्यमन्त्रीमा पठाउने

नेकपा एसले नन्दा चपाईंलाई राज्यमन्त्रीमा पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउने भएको छ ।

राष्ट्रिय सभा सदस्य चपाईंलाई आजै शपथ गराउनेगरी सरकारमा पठाउन लागेको नेकपा एसका अध्यक्ष माधव नेपालले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा यससअघि नै सोही पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउद पनि परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदैछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका